श्री गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ नाथ सम्प्रदायको महŒवपूर्ण क­न्द्र हो । यो स्थल घोराही  उपमहानगरपालिका वडा नं. १७ रत्नपुर चाघेरा दाङमा अवस्थित छ । यो स्थल दाङ जिल्लाको  सदरमुकाम घोराही  बजारदेखि करिब २ किलोमिटर पूर्व घोराही–लमही सडकको उत्तरमा रहेको छ । यो पावन स्थलको पूर्वमा सिस्नेखोला(प्राचीन नाम शिवनदी), पáिममा कटुवा खोलाा (प्राचीन नाम कौमुदी नदी), उत्तरमा डबरी गाउँ र महाभारत पर्वत शृत्रला तथा दक्षिणमा हरिद्वार गाउँ रहेका छन् ।
शङ्करलाई आदिनाथ मानिन्छ  र उनैलाई नाथ सम्प्रदायको मूलस्रोत मानिएके छ । आदिनाथ पछि मत्स्येन्द्रनाथ र मत्स्येन्द्रनाथ पछि गोरखनाथको क्रम स्वीकारिएको छ । यिनै गोरखनाथद्वारा प्रतिपादित बाî पन्थी मतथा अनुयायीहरु नै नाथ सम्प्रदायका नामले बुझिन्छन् । यस मठमा नवनाथ र चौरासी सिद्धहरुको विशेष स्थान छ । यस्तै गोरखनाथद्वारा दीक्षित सिद्ध हुन् सिद्धरत्ननाथ । सिद्धरत्ननाथको दाङसँग प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ ।
  प्राचीन कालमा दाङ देउखुरी एयटा सरोवर थियो । कालक्रमामा पहाड फुटेर यहाँको जलराशि बाहिर निकास हँुदा यो स्थल कÐमशः बस्ती योग्य बन्दै गयो । यी उपत्यका पूर्ण रूपले बस्ती योग्य भएपछि डाँडाकाँडाका मानिसहरु यहाँ बसोबास गर्न थाले । मानिसहरुको बसोबास बस्दै जाँदा यसले राज्यको स्वरुप ग्रहण ग¥यो भने समाजले राजाको आवश्यकता महसुस ग¥यो । यसै क्रममा यहाँ क¬नै बेला माणिक्य परीक्षक नामका राजा भए । उनी पछि उनका पुत्र रत्नपरीक्षक यहाँ राजा बने । रत्नपरीक्षकले रत्नपुर (हालको चौघेरालाई राजधानी बनाई राज्य सञ्चालन गर्न थाले । यिनको हिउँदो राजधानी रत्नपुर(चौघेरा) थियो भने बर्खे राजधानी चौघेरादेखि उत्तरतिरको पहाडमा रहेको सवारीकोटमा थियो । यस राज्यको सिमाना दक्षिणमा हालको लखनउसम्म रहेको बुझिन्छ । एक दिन राजा रत्न परीक्षक सिकारमा गएको बेला राजालाई प्राणी बधबाट विमुख गर्ने उद्देश्यले गोरखनाथले हंश गायत्रीको दीक्षा दिएर राजालाई अमृतपात्र प्रदान गरी ‘योगी रत्ननाथ’  नाम राखिदिनुभयो ।
गोरखनाथको दीक्षा प्राप्त गरी सिद्ध बनेका सिद्धरत्ननाथले चौघेरामा गोरक्षनाथ मन्दिर स्थापनाको भ्रमणमा लागेका थिए । पेसाबार, काबुल, कन्धहार सम्म भ्रमण गरेका सिद्धरत्ननाथलाई उनको सिद्धिबाट प्रभावित भएर त्याहाँका बादशााहले आफुले धारण गर्ने राजपदवी ‘पीर’ प्रदान गरी अभिनन्दन गरिका थिए । त्यसैले आज पनि यस स्थलका मठाधिशलाई सिद्धरत्ननाथकÓ प्रतीक पात्रका रूपमा मान्दै ‘पीर’ पदले सम्बोधन गरिन्छ ।यहाँ प्रत्येक वर्ष फाल्गुन क¯ष्ण विजया एकादशीका दिन नव पीरको चयन गर्ने अनुष्ठान आयोजना गरिन्छ ।
यस स्थलबाट वर्षेनी  भारत बलरामपुर जिल्लाको तुलसीपुर स्थित पाटेश्वरी देवीमा पात्रदेवता लिई धार्मिक यात्रा गरेर जाने परम्परा छ । यहाँ चैत्र शुक्ल पञ्चमी देखि दशमीसम्म रत्ननाथको पूजा गर्ने प्रचलन छ । रत्नपुर चौघेरा स्थित गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठ हाल धार्मिक, ऐतिहासिक र पुराताŒिवक महŒवको स्थलका रूवमा प्रसिद्ध  छ । झण्डै १३०० वर्षको इतिहास बोक­को  यस स्थलमा तान्त्रिक विधिबाट रात्रिभर पूजा हुन्छ । वर्षभरि धेरै पर्व अनुष्ठानहरू सम्पन्न गरिने यस मठको पहिले दाङ र देउखुरीमा १२०० बिधा जति जमीन थियो भने हाल चौघेरा, नारायणपुर, देउपुर, अमराई, गोबरडिहा आदि क्षेत्रमा गरी १६० बिधा जति जमीन रहेको बुझिन्छ ।
आपूmलाई किसान भन्ने टाठा–बाठा ठहरिएका धनाड्यहरुले समेत मन्दिरको जमीनमा नियम विपरीत मोही भरेर मठलाई पूजाको सट्टा मुद्दामा परिणत गरेको पाईन्छ । वाहिर सुन्दा सम्पन्न मन्दिर तर गुठीको अधिकार र भू–माफियाको क¬चकР विच मन्दिरलाई जोगाएर परम्परा धानी राख्न हम्मे हम्मेको परिस्थिति छ ।
मठमा संरचनाहरु यस प्रकार रहेका छन् । मठ भवन, देवता सार्वजनिक हुने सार्वजनिक स्थल (दलिचा) , गोरखनाथ नवनाथ मूर्ति, श्री गोरक्षरत्ननाथ पुस्तकालय, प्रभातनाथ चित्रालय, अतिथि भवन, सन्तनिवास, भान्छा घर, धूना घर, धर्मशाला, कोटीहोम मन्दिर, गौशाला, शिवालय, कालसेनथान मन्दिर, ऐतिहासिकस वर वृक्ष, गोलैची वृक्ष, क¬वा, अन्य वगैचा आदि दर्शनिय स्थल रहेका छन् ।